फलोअप: डुङ्गा पल्टिदा घाइते भएकी महिलाको मृत्यु
पाेखरा | फागुन २०, २०७९
पोखरा: हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार शनिबार दिउँसो फेवातालमा डुङ्गा पल्टिदा ७० वर्षीय याममाया गिरि घाइते भएकी थिईन ।
डुङ्गा पल्टिएपछि रेञ्जर गण एपिएफ र बैदाम प्रहरीले उद्धार गरि गिरिलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएपनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरि, २१ वर्षीय एलिशा गिरि, ४१ वर्षीय खगेन्द्र गुरुङ (चालक), ४९ वर्षीय माया गिरि र २५ वर्षीय विशाल गिरिको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

